सम्पूर्ण प्राणीको प्रमुख र अंह खाद्य तत्व वायु हो । प्राणी पानी बिना एक महिना जीवीत रहन सक्दछ । भोजन बिना तिन महिना जीवित रहन सक्दछ । तर वायुबिना तीन मिनेट जीवित रहन पनि गाहे हुन्छ । अतः हावा आहार पनि हो र जीवन पनि हो । तर आजभोली शुद्ध हावा पाउन गाहे छ । शुद्ध वायुमा अक्सिजन २१ %, नाइटोजन ७८ % कार्बन डाइ अक्साइड १÷२ प्रतिशत र अन्य विविध ग्यासहरु १÷२ प्रतिशत विद्यमान हुन्छन ।
तर वर्तमान शहरीया हावामा निम्न हानिकारक तत्व समेत पाईन्छन ।
- कार्बन मोनो अक्साइड
- एमोनिया सल्फेड
- हाइडोजन
- हाइडो कार्बन
- सल्फरडाइ अक्साइड
- सिल्का
- सिलिकेड
- एलमोनियम
- कार्बन
- सोडियम क्लोराइड
- कटन क्लोराइड
- उलन क्लोराइड आदि विषयका तत्वहरु मिसिएका हुन्छन ।
उक्त हावामा अक्सिजन १६ % नाइटोजन ७० % र कार्बन डाइ अक्साइड ४ % भएको पाईन्छ । यस अशुद्ध हावाले स्वास्थ्यमा वायुमण्डलबाट नै विष मिलाउने काम गरेको छ । यस विषले शरीरका कोषिकाहरुलाई समय नपुग्दै बूढो हुन थाल्छन र मनुष्य शरीर पनि समय नपुग्दै बुढो हुुन्छ । यसरी प्रतिपल लिइने अक्सिजन हावा नै विषालु भएपछि मनुष्यको आशा झिनो भएर जान्छ ।
रक्तसञ्चार विषाक्त हुन्छ, त्यसमा अक्सिजनको सट्टा कार्बन नै बढी संचार हुन थाल्दछ । यसरी मानव शरीर उपरोक्त विषौला तत्वहरुको शिकार बन्दछ । यहीबाट जटिल रोगहरुको शुरुवात हुन्छ । सामान्य रोगहरु जीर्ण रोगमा बदलिन्छन । शरीर शुद्ध नभएसम्म यी रोगहरुलाई कुनै पनि औषधीले निर्मूल गर्न सक्दैन ।
यो विषाक्तता सर्वप्रथम पाचनक्रियामा र फोक्सोमा पैदा हुन्छ । सास फेर्ने क्रियामा अवरोध खडा हुन्छ । फोक्सो वायुमण्डलीय फोहोरहरुले जेलिन्छ र आन्द्रा खाद्य पदार्थको फोहोरले जेलिन्छ । रक्तनलीका तथा मुटुबाट निस्कने धमनीहरु कार्बनिक कालो पदार्थबाट पोतिन्छन । समस्त रक्तबाहिनीहरु कोलेष्टोल, युरिकेसिड, प्रसिक, एसिड र यस्तै अन्य विषालु पदार्थहरुका कब्जामा पुग्दछन । फलस्वरुप शहरी दम, वाथ, उच्च रक्तचाप, मुटु वाथ, सुगर आदिबाट ग्रसित हुन्छ । श्वास केन्द्रको नियन्त्रण मस्तिष्कको हाइपोथेलेमस क्षेत्रबाट हुने हुदाँ सो क्षेत्र पनि प्रदूषणको कब्जामा पुग्दछ र पक्षघात, ह्दयघात, मस्तिष्कघात र असामयिक मृत्यु पनि आइ लाग्दछन ।
अतः शुद्ध वायु कसरी ग्रहण गर्ने, अशुद्ध वायुलाई शहरी क्षेत्रबाट कसरी कम गर्ने भन्ने विषयमा ब्यक्ति र सरकार दुबै सचेत हुनुपर्ने आवश्यक छ । यस प्रदूषणको समाधानबिना रोगको समाधान गर्न खोज्नु केवल एक दिवास्वप्न तथा धनको अपव्यय मात्रै हुनेछ ।